site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । माओवादी पूर्वलडाकु कालीबहादुर खाम पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो ।

कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको उनीमाथि आरोप छ । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्‍याएर हत्या गरिएको खाममाथि आरोप छ ।

उनी शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको कमान्डर थिए । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro