site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमका कार्यकारी अध्यक्ष अधिकारीले बुझाए स्पष्टीकरण
फाइल तस्बिर ।

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्पष्टीकरण बुझाएका छन् ।

प्राधिकरणले गत चैत १३ गते २७ बुँदामा सातदिने स्पष्टीकरण सोधेको थियो । निगमका कार्यकारी अध्यक्ष अधिकारीले हिजो (सोमबार) स्पष्टीकरणसहितको पत्र बुझाएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

निगमका कार्यकारी अध्यक्षले पठाएको पत्रको अध्ययन गरेर थप निर्णय गर्ने सहप्रवक्ता भुलले बताए । “हिजो (सोमबार) स्पष्टीकरण पत्र आएको छ । चित्तबुझ्दो जवाफ छ/छैन हामी अध्ययन गरेर अघि बढ्छौँ,” भुलले भने ।निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै कार्यकारी अध्यक्ष अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको थियो ।

निगमको कन्टिन्युइन एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन डिपार्टमेन्ट ६ महिनादेखि नेतृत्वविहीन बनेको छ । सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विभाग नै नेतृत्वविहीन हुँदा उडान सुरक्षामा असर पर्ने प्राधिकरणको निष्कर्ष छ ।चार महिनाअघि युरोपियन युनियन (ईयू)ले देखाएको कमीकमजोरीमा पनि उल्लेखनीय सुधार नगरेको भेटिएको छ । निगमले आफ्नो जहाज मर्मत सम्भारमा पनि लापरबाही गर्दै आएको प्राधिकरणले जनाएको छ ।

निगमको एयरबस ३२० कलसाइन नाइन एन–एकेएक्स इन्जिन स्पेयरका कारण ग्राउन्डेड भएको थियो । जहाज मर्मतका लागि भन्दै इजरायल एयरोस्पेसमा लगिएको थियो । तर, जहाज हालसम्म पनि मर्मत हुन सकेको छैन ।

इन्जिन प्राप्तिको उचित योजनाबिना विमान इजरायलमा राखिएको थियो । यसले निगमलाई थप आर्थिक भार पर्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पाँच वर्षअघि नै मर्मत सम्भारको लागि स्वीकृति दिएको थियो । तर, अहिलेसम्म पनि प्रगति हुन सकेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro