site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान, उमेदवार टुंगो लगाउने तयारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । यही चैत २० गतेका निम्ति बैठक आह्वान गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सो दिन दिउँसो २ बजे बस्नेछ । इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका विषयमा छलफल र उमेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ । कांग्रेसको सो बैठकबाट उमेदवारको टुंगो लगाउने तयारी छ ।

यस्तै, प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल र उमेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ ।

Global Ime bank

आउँदो वैशाख १५ गते इलाम र बझाङका ती क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।

asdf-1711872842.png
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय