site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ता गठबन्धनको बैठक जारी
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूबीच बालुवाटारमा बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको स्रोतले जानकारी दियो । 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।  “अनौपचारिक छलफल हो । पाँच दलका प्रमुखहरू हुनुहुन्छ,” स्रोतले भन्यो । 

आजै बिहान बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको थियो । उक्त बैठकपश्चात् पाँच दल छलफलमा जुटेका हुन् ।
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्