site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युरोप पठाउने भन्दै बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने पक्राउ

काठमाडौं । बंगलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक बनाउने काममा संलग्न रहेको आरोपमा थप एकजना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बंगला रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार उनले बंगलादेशी नागरिकहरूलाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने विश्वास दिलाएर बंगलादेशबाट नेपाल ल्याउने गरेका थिए । काठमाडौंमा उनले पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा राखी पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro