site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सादा पोसाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन 
SkywellSkywell

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयमा परिपत्र जारी गरेको छ ।

“सादा पोसाकमा परिचालन हुने (घुमुवा प्रहरी) गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोसाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो,” गृहमन्त्रीको सचिवालयबाट सार्वजनिक पत्रमा भनिएको छ । 

KFC Island Ad
NIC Asia

गृहमन्त्रीको निर्देशन अनुसार नेपाल प्रहरीले परिपत्र नै जारी गरिसकेको छ । 

“त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,” प्रहरी प्रधान कार्यालयको परिपत्रमा भनिएको छ । 

Royal Enfield Island Ad

परिपत्रमार्फत जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रमा पठाउन पनि मातहतका निकायलाई निर्देशन दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro