site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनलाइन बहसका निम्ति सर्वोच्चले निकाल्यो ल फर्म दर्ता गर्ने सूचना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले अनलाइन रिट दर्ता र बहसको प्रक्रिया अघि बढाएको छ । सर्वोच्चको सूचना प्रविधि समितिको यही चैत ७ गतेको निर्णयानुसार अनलाइन रिट दर्ता र बहसका निम्ति ल फर्म दर्ता गर्न सूचना निकालिएको छ ।

केही समयमै अनलाइन प्रणालीबाट रिट दर्ता र बहस सुरु हुने भन्दै ल फर्म दर्ताका निम्ति सूचना प्रकाशित गरिएको छ । “सर्वाेच्च अदालत सूचना प्रविधि समितिको मिति २०८० साल चैत्र ७ गते बसेको बैठकको निर्णयानुसार सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदनहरू अनलाइन प्रणालीमार्फत समेत दर्ता गर्न सकिने गरी प्रणाली विकास भइरहेको र उक्त प्रणाली चाँडै नै सुरुआत गर्न लागिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,” सर्वोच्चको सूचनामा भनिएको छ, “ल फर्महरूले उक्त प्रणालीमार्फत रिट निवेदन दर्ताको प्रक्रिया अगाडि बढाउने प्रयोजनका लागि ल फर्महरू प्रणालीमा अभिलेखीकरण गर्न आवश्यक भएकोले तपसिलबमोजिमका कागजातहरू संलग्न राखी तोकिएको फाराम भरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र भौतिक रूपमा यस अदालतको रिट दर्ता शाखामा सम्पर्क गरी वा आवश्यक सम्पूर्ण कागजातहरू इमेल onlineregistration@supremecourt.gov.np मा पठाई प्रणालीमा ल फर्म अभिलेखीकरण गर्न निवेदन पेस गर्नुहुन अनुरोध छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

फर्महरू दर्ता भइसकेपछि रिट दर्ता र अनलाइन बहसका निम्ति युजर आईडी दिने व्यवस्था गरिएको छ । युजर आईडीका लागि दर्ता प्रक्रियामा रहने व्यक्तिको पहिचान समेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

अनलाइन ल फर्म दर्ताका निम्ति ल फर्मको पूरा नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल ठेगाना, प्रणाली सञ्चालनका निम्ति सम्पर्क गर्न तोकिएको प्रमुख व्यक्तिको विवरण खुलाउनुपर्ने व्यवस्था गरिएको छ । ल फर्मका तर्फबाट सम्पर्क गर्न तोकिएको व्यक्तिको पनि पूरा नाम, स्थायी ठेगाना, सम्पर्क नम्बर, इमेल ठेगाना र प्रणाली सञ्चालनका लागि सम्पर्क गर्न तोकिएको वैकल्पिक व्यक्तिको पूरा नाम, स्थायी ठेगाना, सम्पर्क नम्बर र इमेल ठेगाना खुलाउनुपर्ने सर्वोच्चको सूचनामा उल्लेख छ ।

Global Ime bank

ल फर्म दर्ताका निम्ति आवश्यक कागजात–
१. ल फर्म दर्ता तथा नवीकरणसम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि
२. कर प्रयोजनका लागि फर्म दर्ता तथा नवीकरणसम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि
३. सञ्चालकहरूको नागरिकताको प्रमाणित प्रतिलिपि
४. कानुन व्यवसायीको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सबै कागजातसहित निवेदक संस्थाका तर्फबाट ‘मुद्दाको अनलाइन दर्ता गर्ने प्रयोजनका लागि सर्वाेच्च अदालतबाट जारी हुने निर्देशिका र मापदण्डका सर्तहरू पालन गर्ने प्रतिबद्धता जाहेर गर्दछु’ भनी फर्मको छाप र हस्ताक्षरसहितको निवेदन बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC