site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडी बन्यो ७० लाख ईभी उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी

काठमाडौं । चिनियाँ विद्युतीय सवारी (ईभी) निर्माता बीवाईडी ७० लाख विद्युतीय कार उत्पादनको आँकडा पार गर्ने पहिलो कम्पनी बनेको छ ।

कम्पनीले आफ्नो नयाँ ईभी मोडेल डेन्जा एन७ लाई ७० लाखौँ गाडीका रूपमा सार्वजनिक गरेको छ ।

बीवाईडीले सन् २०२१ को मेमा १० लाख ईभी कार उत्पादनको आँकडा पार गरेको थियो । त्यसको १८ महिनापछि तीन गुणा र २७ महिनापछि कम्पनीले ५० लाख ईभी उत्पादन गर्न सफल भएको बताएको थियो ।

त्यसको सात महिनापछि बीवाईडीले ७० लाख कार उत्पादन गरेको बताएको हो । कम्पनीले आफ्ना ईभीलाई न्यु इनर्जी भेहीकल (एनईभी) भन्ने गर्छ ।

सन् २०२३ मा मात्रै कम्पनीले ३० लाख २० हजार गाडी बिक्री गर्दै विश्वकै प्रमुख ईभी निर्माताका रुपमा स्थान बनाएको दाबी गरेको छ । कम्पनीले ६४ देशमा आफ्ना गाडी बिक्री गरिरहेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro