site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँसबारी छालाजुत्ता कारखानाको अतिक्रमित जग्गा सरकारको नाममा आइसक्यो : गृहसचिव अर्याल
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छालाजुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै सचिव अर्यालले बाँसबारी छालाजुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको जानकारी दिएका हुन् । 

उनले देशका विभिन्न भागमा अतिक्रमित सार्वजनिक सरकारी जग्गाहरूको लगत संकलन गर्न सम्बन्धित निकायसँग समन्वय गरी त्यस्ता जग्गा साविककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको बताए । उनले यससम्बन्धी सूचना दिएर सहयोग गर्न सबै नागरिकलाई अपिल गरिएको पनि स्पष्ट पारे । 

उनले मन्त्रालयले अपराध अनुसन्धान र अभियोजनलाई उच्च प्राथमिकतामा राखेर निष्पक्ष काम गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उनको भनाइ छ । उनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राखिएको ५० प्रतिशत हतियार नवीकरण नगरिएको प्रारम्भिक प्रतिवेदन आएको भन्दै मन्त्रालयले व्यक्तिहरूसँग गैरकानुनी रूपमा राखिएका हतियार नियन्त्रण गरी शून्यमा झार्ने नीति अवलम्वन गरेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro