site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगातार चार दिन घटेको नेप्से १०.१४ अंकले बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगातार चार कारोबार दिन घटेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १०.१४ अंकले बढेर बन्द भएको छ । बजार ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १७.०१ अंकले घटेको थियो ।

गएका चार कारोबार दिन लगातार बजार ओरालो लागेको थियो । गत साताको मंगलबार ६.२४, बुधबार ३.३४, बिहीबार १५.३७ अंकले घटेको थियो  ।

Prabhu Bank
Agni Group
NIC Asia

आज दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १६८ कम्पनीको सेयर मूल्य वृद्धि भयो । ६८ कम्पनीको सेयर मूल्य घट्यो ।

डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ १० पैसाले बढेर ४३० रुपैयाँ १० पैसा कायम भएको छ ।

Global Ime bank

नेप्सेमा सूचीकृत भएदेखि नै लगातार उकालो लाग्दै आएको सर्वाेत्तम सिमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८१ रुपैयाँ ३० पैसाले वृद्धि भएर ८९५ रुपैयाँ १० पैसा कायम भएको छ ।

कारोबरमा आएका १३ मध्ये फाइनान्स, व्यापार र जीवन बिमा समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक वृद्धि उत्पादन तथा प्रशोधन समूहको भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !