site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोनाल्डोबिना पोर्चुगलको सहज जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले स्वीडेनविरुद्ध ५–२ को सहज जित निकालेको छ । 

बिहीबार राति घरेलु मैदानमा सम्पन्न खेलमा पोर्चुगललाई जित दिलाउन रफायल लियो, मेथुअस नुनेज, ब्रुनो फर्नान्डेज, ब्रुमा र गोन्कालो रामोसले गोल गरे । स्वीडेनका भिक्टोर ग्याकेरेस र गुस्ताफ निल्सोनले गोल फर्काए पनि टिमको हार टार्न भने सकेनन् । 

नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना नै मैदान उत्रिएको पोर्चुगलले २४औँ मिनेटमा लियोको गोलमा अग्रता बनाएको थियो । ३३औँ मिनेटमा नुनेजले घरेलु टिमको अग्रता दोब्बर बनाए । 

४५औँ मिनेटमा फर्नान्डेजले टिमका लागि तेस्रो गोल गरेपछि पहिलो हाफमा पोर्चुगलले ३–० को अग्रता बनाएको थियो ।

५७औँ मिनेटमा ब्रुनाले गोल गरेपछि पोर्चुलले अग्रतालाई ४–० मा पुर्याएको थियो । तर, त्यसको अर्को मिनेटमा ग्याकेरेस स्वीडेनबाट एक गोल फर्काएका थिए । 

६१औँ मिनेटमा रामोसले गोल गरेपछि पोर्चुगलले अग्रतालाई बढाउँदै ५–१ मा पुर्याएको थियो । 

खेलको अन्तिम मिनेटमा स्वीडेनबाट निल्सनले दोस्रो गोल फर्काएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro