site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसलक्षित ओलीको टिप्पणी : संसद् अवरुद्ध पार्ने काम राजनीतिक होइन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेको पीडामा निहुँ खोजेर संसद् अवरुद्ध गरेको बताएका हुन् । 

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुसी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रूपमा उपयोग गर्न पाउनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष ओलीले एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको समृद्धि नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको पनि बताए । 

उनले भने, "डेमोक्रेसी किन चाहियो भन्दा यी कुराहरूमा लागि चाहियो । डेमोक्रेसी संसद्‌मा सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोजेर संसद् अवरुद्ध गर्ने, च्याठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति । त्यसो भएर राजनीतिलाई एउटा माध्याम हो । त्यही संयमका साथ राजनीतिक कार्य हामीले गर्नु पर्दछ । समाजको उन्नति, प्रगति, समानता, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शिता र समानताका लागि । सबैको सुरक्षा, सबैको सम्मान । यो कुरामा राजनीतिले ध्यान दिनुपर्दछ । त्यसकारण हामीले समृद्धि नेपालः सुखी नेपालीको प्यारामिटरमा अधिकार मात्रै होइन, सुरक्षा र सम्मान पनि जोडेका छौँ । किनभने असुरक्षा र असम्मानको स्थिति, अपमानको स्थितिबाट हाम्रो समाज गुज्रिएर आएको छ । त्यसकारण हामीलाई सुरक्षा र सम्मान चाहिन्छ ।"

Global Ime bank

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement