site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१५.३७ अंकले घट्यो नेप्से, व्यापार समूहबाहेक सबै राताम्य  
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र दोस्रो बजार लगातार तीन दिनदेखि ओरालो लागिरहेको छ । गत दुई कारोबार दिन झिनो अंकले घटेको बजार आज भने १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ ।

बिहीबार चार करोड ३१ करोड ३० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसदिन कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक ओरालो लागेको छ ।

व्यापार समूहको परिसूचक २८.५२ अंकले बढेर २८३८.०२ विन्दुमा पुगेको छ । यसदिन सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह छ । यो समूहको परिसूचक १.३२ प्रतिशतले घटेर ४०१०.२५ विन्दुमा बन्द भएको छ ।

Global Ime bank

४८ कम्पनीको सेयर मूल्य वृृद्धि भएको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबारबाट कारोबारमा आएको सर्वाेत्तम सिमेन्टको सेयर मूल्य लगातार तेस्रो दिन पनि ९.९९ प्रतिशत बढेर प्रतिकित्ता ७३९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२८ रुपैयाँ वृद्धि भएर एक हजार ४०८ रुपैयाँ कायम भएको छ । आज माछापुच्छ्रे बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । माछापुच्छ्रेको प्रमोटर सेयर एक अर्ब २१ करोड ३२ लाख रुपैयाँको खरिद–बिक्री भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !