site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री श्रेष्ठ चैत ११ गते चीन जाँदै, मानसरोवर पनि पुग्ने
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार उनी चैत ११ गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री पाँच दिनका लागि चीन जान लागेको स्रोतको दाबी छ । यो सद्भाव भ्रमण हुने स्रोतले बतायो ।

Dabur Nepal
NIC Asia

स्रोतका अनुसार चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले मानसरोवर पनि जाने तयारी गरेका छन् ।

हालसम्म विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता हुने र बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गत सञ्चालन गर्ने आयोजनाका सम्बन्धमा छलफल हुने तय भएको छ । 

“चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता हुने वा नहुने भन्ने तय भइसकेको छैन,” स्रोतले भन्यो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले पनि परराष्ट्रमन्त्रीको चीन भ्रमण छिट्टै हुने बताए । तर, मिति र एजेन्डाका विषयमा आफूलाई जानकारी नभएको उनले जनाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro