site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'माओवादी र एमालेले पार्टीमा गृहमन्त्री बन्न सक्ने कोही नभेटेको हो ?'

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले पार्टीमा 'गृहमन्त्री बन्न सक्ने कोही नभेटेको हो ?' भन्दै प्रश्न गरे ।

उनले मुद्दा लागेको व्यक्तिलाई उपप्रधान एवं गृहमन्त्री बनाएर सरकारले जनताको अपमान गरेको बताए ।

Dabur Nepal
NIC Asia

रवि लामिछानेले आफ्ना जालसाझीहरू लुकाउन गृहमन्त्री नै हुनुपर्ने माग राखेको पनि उनको भनाइ छ । उनले दोषीलाई उम्काउने हो भने मुलुकको दुर्गति हुने तर्क गरे ।

"यत्रो हाउसभित्र र बाहिर पनि यस्तो बदनाम मान्छेको सहारा लिएर जुन खालको सत्ता पक्षले गतिविधि गरिरहेको छ, यो त विचित्रैको कुरा हो । यो मुलुकुमा त कोही पनि रैनछन्, गृहमन्त्री हुने मान्छे, माओवादीका लागि । एमालेभित्र पनि कोही रैनछन् । यो त वास्तवमा नेपाली जनतामाथि अपमान हो नि । त्यस्तो मुद्दा लागेको मान्छे । दोषीलाई उम्काउने हो भने मुलुक के हुन्छ ? गल्ती कमजोरी भएको छ, वर्तमान गृहमन्त्रीको । चौरासी तिक्डम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने । त्यो सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो । कसले बुझेको छैन यो कुरा । त्यस्ता गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिन्छ ?," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro