site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वभर बढ्दो वायु प्रदूषण : यी हुन् अति प्रदूषित पाँच देश, नेपाल आठौँ नम्बरमा 
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२३ मा विश्वका १२४ वटा देश प्रदूषित भएको रिपोर्ट सार्वजनिक भएको छ । वायु प्रदूषणको विश्वाव्यापीरूपमा मनिटरिङ गर्ने संस्था आईक्यू एयरले मंगलबार वार्षिक रिपोर्ट सार्वजनिक गर्दै सन् २०२३ मा वायु प्रदूषण ‘विश्व स्वास्थ्य प्रकोप’को रूपमा देखिएको जनाएको छ ।

आईक्यू एयर वर्ल्ड एयर क्वालिटी रिपोर्ट, २०२३’ मा सन् २०२३ मा बढी प्रदूषित देश, सहर र क्षेत्रको विवरण समेटिएको छ । आईक्यू एयरले १३४ देशका सातहजार ८१२ स्थानमा राखिएको ३० हजारभन्दा धेरै स्टेसनबाट संकलित विवरणका आधारमा रिपोर्ट तयार पारिएको जनाएको छ । जसमा अफ्रिका महादेशको तथ्यांक भने समेटिएको छैन ।

रिपोर्टअनुसार सन् २०२३ मा सातवटा मुलुक मात्रै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को वायुको गुणस्तर मापदण्डभित्र परेका छन् । डब्लूएचओले वायुमा पीएम २.५ (पर्टिकुलेट म्याटर) औसतमा दैनिक पाँच माइक्रोग्राम प्रति क्युबिक मिटर भन्दा बढी हुन नहुने मापदण्ड राखेको छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

डब्लूएचओको मापदण्डभित्र अस्ट्रेलिया, इस्टोनिया, फिनल्यान्ड, ग्रेनेडा, आइल्यान्ड, मौरिसस र न्युजिल्यान्ड मात्रै परेका छन् । तथ्यांक संकलन भएकामध्ये ९२ प्रतिशत अर्थात् १२४ मुलुकमा पीएम २.५ को मात्रा डब्लूएचओको भन्दा निकै उच्च रहेको रिपोर्टमा उल्लेख छ । 

रिपोर्टअनुसार पाँचवटा देशलाई अति प्रदूषितको सूचीमा राखिएको छ । जसको पहिलो नम्बरमा बंगलादेश छ । बंगलादेशको वार्षिक औसत पीएम २.५ को मात्रा ७९.९ अर्थात् डब्लूएचओको मापदण्डभन्दा १५ गुणा बढी भएको पाइएको छ । 

दोस्रोमा रहेको पाकिस्तानमा सो मात्रा ७३.७ अर्थात् १४ गुणा बढी, तेस्रोमा भारत ५४.४ मापदण्डभन्दा १० गुणा बढी रहेको छ । अति प्रदूषित देशको चौँथो नम्बरमा रहेको ताजिकिस्तानमा पीएम २.५ को मात्रा ४९ अर्थात् डब्लुएचओको मापदण्डभन्दा ९ गुणा बढी पाइएको छ । 

पाचौँ नम्बरमा रहेको बुर्किना फासोमा ४६.६, अर्थात् मापदण्डभन्दा ९ गुणा बढी रहेको रिपोर्टले देखाएको छ । 

मापदण्डअनुसार नेपाल प्रदूषित मुलुकको आठौँ नम्बरमा परेको छ । नेपालमा पीएम २.५ को औसत मात्रा ४२.२ रहेको रिपोर्टमा उल्लेख छ । अति प्रदूषित सहरहरूमा मध्य तथा दक्षिण पूर्वी एसियाली सहर छन् ।

यस्तै, अमेरिकाका कोलोम्बस र बेलोइट सहर अति प्रदूषितको सूचीमा छ भने अमेरिकाकै सी भेगस सफा सहरमा सूचीकृत छ । 

उत्तरी अमेरिकामा क्यानडा सबैभन्दा प्रदूषित देशमा सूचीकृत भएको छ । क्यानडा अति प्रदूषित सूचीमा पर्नु इतिहासमै पहिलो रेकर्ड भएको आईक्यू एयरले जनाएको छ । क्यानडाका १३ वटा सहर मापदण्ड क्रस गरेको पाइएको छ ।  

मध्य तथा दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनको असर बढी रहेको र वायु प्रदूषणको मुख्य कारण पनि यही रहेको रिपोर्टमा भनिएको छ । 

विश्वका धेरै देशमा सरकारका तर्फबाट तथ्यांक संकलनको प्रभावकारी उपाय नअपनाइएको र भएका तथ्यांकका आधारमा सरकारी नीतिहरू पनि नअपनाइएको रिपोर्टको निष्कर्ष छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro