site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको माग अनावश्यक, छानबिन समिति सम्भव छैन : ओली

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने नेपाली कांग्रेसको माग अनावश्यक रहेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीसँग उनले छानबिन समिति के लागि भन्दै सम्भव नै नरहेको बताए ।

सरकारबाट बाहिर हुनेबित्तिकै कांग्रेसजस्तो पार्टीले आक्रोश, उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गरेको उनको भनाइ छ । परिपक्व प्रतिपक्षीको भूमिकाको निर्वाह गर्न उनले कांग्रेसलाई आह्वान गरे ।

त्यसअघि, संसद् बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro