site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री आलोपालोबारे ओली– मलाई त्यति मन लाग्या छैन !
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न मन नलागेको भन्दै ठट्टा गरेका छन् । मंगलबार धनगढीमा सञ्चारकर्मीले प्रधानमन्त्रीमा आलोपालोका विषयमा सोधेको प्रश्नमा उनले कटाक्ष समेत गरे ।

“अहिले उहाँ (प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’)लाई प्रधानमन्त्री भने हुन्छ भनियो,” ओलीले भने, “मलाई त्यति मन पनि लाग्या छैन । अरू कोही पनि अगाडि सरेको छैन । के गर्ने होला त, उहाँ (प्रचण्ड)ले नै खानुहोलाजस्तो पो देखिन्छ त ।”

कम्युनिस्ट एक हुन लागेको हो भन्ने प्रश्नमा उनले विकास हुनुपर्छ भन्ने शक्ति एक ठाउँमा उभिएको बताए । “असम्भव र सम्भवका कुरा तपाईंहरूसँग नगरौँ । विकास हुनुपर्छ, राष्ट्रिय हितको रक्षा हुनुपर्छ भन्ने शक्तिहरू एक ठाउँ भएर गठन गरेका छौँ । सरकार चलाउँदै छौँ,” उनले भने ।

केही समय लगाएर नयाँ सत्तासमीकरण तयार गरिएको उनले बताए । सरकार बनाउँदै छौँ भनेर पहिले नै भन्नु नपर्ने उनको भनाइ छ । “एकैरातमा सरकार बदलियो भने नि मान्छेहरूले, कति दिन अघि थाहा दिनुपर्थ्यो ? नियममा के छ ? कानुनमा के छ,” उनले प्रश्न गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro