site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विमस्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कको सट्टामा विमस्टेकलाई स्वीकार गरिएको होइन भनि प्रष्ट पारेका हुन् । उनले विमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने स्पष्ट पारे । 

Dabur Nepal
NIC Asia

उनले सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम रहेको बताए । सार्कलाई पुनः क्रियाशील बनाउन सरकारले प्रयत्न गरिरहेको पनि उनले बताए ।

उनले भने, "सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम छ । विमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन । सार्कको सट्टामा विमस्टेकको रूपमा हामीले यसलाई स्वीकार गरेका होइनौँ । हामीले यस रूपमा लिदैनौँ । सार्कको महत्त्व आफ्नो ठाउँमा छ । र सार्कलाई पुनः क्रियाशील गराउन र यसको सम्मेलनको आयोजना गर्न नेपाल सरकारले गरिरहेको प्रयत्नलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सरकार लागिपर्ने विश्वास सदनलाई दिन चाहन्छु । सार्कको औचित्य र आवश्यकता अनि महत्त्वलाई विमस्टेकले प्रतिस्थापन गर्न सक्दैन भन्ने सरकारको स्पष्ट दृष्टिकोण छ । सार्कलाई क्रियाशील बनाउन, सम्मेलन आयोजना गर्न पहल र प्रयत्नलाई अगाडि बढाउन हामी सम्पूर्ण प्रयत्न गर्ने विश्वास स्पष्ट पार्न चाहन्छु ।"

विमस्टेकबाट नेपालले लाभ प्राप्त गर्नेगरी अगाडि बढ्ने कुरामा सरकार सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro