site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ मा भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्याक्टर चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझी रहेका छन् ।

प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा पल्टिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।

Argakhachi Cement Island Ad

ट्याक्टरमा सवार ट्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव सकुशल छन् । तर, उनी फरार रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २३:०८
प्रतिक्रिया दिनुहोस्