site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घटेको बजारमा विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक कमाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार १०.६२ अंकले घटेको छ । बजार घटे पनि यसदिन विकास बैंक समूहका लगानीकर्ताले कमाएका छन् ।

विकास बैंक समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक ३३.१५ अंकले बढेको छ । यस समूहअन्तर्गत नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये १३ को परिसूचक बढेको छ । लुम्बिनी विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य भने घटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मुक्तिनाथ विकास बैंकको सेयर मूल्य भने स्थिर छ । यो कम्पनीको आज अन्तिम मूल्य ३६४ रुपैयाँ कायम भएको छ । यस समूह अन्तर्गतको सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १० प्रतिशले वृद्धि भएको छ । आज सप्तकोसी डेभलपमेन्ट बैंकको प्रतिकित्ता २६ रुपैयाँ १० पैसा बढेर २८७ रुपैयाँ १० पैसामा कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये विकास बैंकसहित फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक १.५६ प्रतिशतले घटेको छ ।

Global Ime bank

आइतबार तीन अर्ब ३८ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार २०७०.२५ विन्दुमा रोकिएको छ । यसदिन ८४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५० कम्पनीको सेयर मूल्य घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement