site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

काठमाडौं । पोखरालाई आज नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै छ । शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए का थिए ।

उनले आइतबार (आज) पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

Dabur Nepal
NIC Asia

पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको र्याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणासभा हुने उनको भनाइ छ ।

उनले पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने बताए । पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको उनको भनाइ छ ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro