site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बाह्रखरी गल्फ सामाजिक, आर्थिक विकासको एउटा पहल : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आफ्नो जन्मस्थल भएकाले यहाँ आउँदा खुसी लाग्ने गरेको बताएका छन् । बाह्रखरी मिडियाले आयोजना गरेको बाह्रखरी गल्फ प्रतियोगिताका विजेतालाई शनिबार पुरस्कार वितरण गर्दै उनले आज आफू फरक कार्यक्रममा सहभागी भएको अनुभूति गरेको बताए ।

गल्फलाई विभिन्न क्षेत्रसँग जोड्ने र समग्र सामाजिक, आर्थिक विकासको एउटा पहलका रूपमा स्थापित गरेको भन्दै उनले आयोजकप्रति अभार व्यक्त गरे । “केही समयअघिसम्म पनि यो खेललाई, एलिटहरूको खेलका रूपमा चिनिएको गल्फलाई बाह्रखरीले विभिन्न क्षेत्रसँग जोड्ने र समग्र सामाजिक, आर्थिक विकासको एउटा पहलको रूपमा स्थापित गरेको छ । यो आफैँमा धेरै महत्त्वपूर्ण छ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले गत वर्ष काठमाडौंमा आयोजित बाह्रखरी गल्फको उद्घाटन कार्यक्रममा पनि आफ्नो सहभागिता रहेको स्मरण गरे । उनले प्रतियोगिताको मुख्य प्रायोजक एनसेलप्रति पनि धन्यवाद व्यक्त गरे । “नेपालको व्यावसायिक क्षेत्रलाई, अर्थतन्त्र, पर्यटन, वातावरण, प्रदेश र स्थानीय सरकारसँग जोड्ने मूल उद्देश्यअनुरूप नियमित रूपमा आमन्त्रण गल्फ प्रतियोगिता कार्यक्रम गर्दै आउनुभएकोमा म आयोजक र यसलाई स्पोन्सर गर्ने एनसेललाई पनि विशेष धन्यवाद भन्न चाहन्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

खेलका माध्यमबाट समेत नेपालमा पर्यटन प्रवर्द्धन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यताअनुरूप प्रतियोगिता आयोजना गरिएको भन्दै उनले धन्यवाद व्यक्त गरे ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए । “देशमा लगानीको वातावरण बनेको छ । व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरू (निजी क्षेत्र)सँग सहकार्य गर्न तयार छ,” उनले भने, “पछिल्लो सत्तासहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनु पर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।”

Global Ime bank

समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “नेपालमा हामी जुन खालको व्यवस्थामा छौँ, यसले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।”

s2-1710595440.jpg
देशका विभिन्न स्थानबाट सिधै पोखरा आउन हवाइमार्ग अहिले पहिलेभन्दा सहज भएको उनले उल्लेख गरे । अब यसलाई पनि विस्तार गरेर झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगन्ज र धनगढीबाट नियमित उडानका निम्ति सरकारले वातावरण बनाउने उनले बताए ।

अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता रहेको आफूलाई जानकारी भएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले हवाई सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाए ।

g1-1710595468.jpg
हामीभित्र पोजिटिभिटी छ : गगन थापा
शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आफूलाई गल्फकोर्सको वातावरणले लोभ्याएको बताए । मानिसभित्र धेरै ‘पोजिटिभिटी’ रहेको उनले उल्लेख गरे ।

“हामी त्यति बिग्रिसकेका छैनौँ, त्यति सकिइसकेका छैनौँ,” उनले भने, “यति धेरै पोजिटिभिटी छ, यति धेरै ऊर्जा छ, इनर्जी छ, यसलाई मर्न नदिऊँ ।”

g2-1710595493.jpg
सांसद विद्या भट्टराईले पोखराको पहिचानलाई उच्च बनाउन सहयोग गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको भन्दै आभार व्यक्त गरिन् ।

खेलकुद राष्ट्रिय युनिटीको प्रतीक : मेयर आचार्य
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेलकुद राष्ट्रिय ‘युनिटी’को प्रतीक भएको टिप्पणी गरे । “खेलकुद मात्र त्यस्तो क्षेत्र हो, जसमा हामी कोही जितेर आए पनि सबै उहाँको पक्षमा उभिन्छौँ,” उनले भने, “खेलकुद राष्ट्रिय युनिटीको प्रतीक हो भने व्यक्तिगत स्वास्थ्यको त कुरा हुँदै हो ।”

b126-1710587921.jpg
उनले गल्फ व्यवस्थापनप्रति धन्यवाद व्यक्त गरे । यो प्रतियोगितालाई हरेक वर्ष पोखरामा आयोजना गर्ने गरी ‘क्यालेन्डर’मा समावेश गर्न उनले आयोजकलाई आग्रह गरे । प्रतियोगिता आयोजनाका निम्ति महानगर सबै खाले सहयोग गर्न तयार रहेको उनले बताए । “बाह्रखरीलाई के अनुरोध गर्न चाहन्छु भने, हामी हरेक वर्ष यही हप्तामा पोखरामा यो कार्यक्रम गर्ने गरी क्यालेन्डरमा फिक्सड गरौँ । स्थानीय सरकारको तर्फबाट हामी सबै खालको सहयोग गर्न तयार छौँ,” मेयर आचार्यले भने ।

d1-1710595522.jpg
उनले आइतबार (भोलि) पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको जानकारी पनि गराए । प्रतियोगिताका विजेतालाई बधाई र पोखरामा उपस्थित सबैप्रति उनले आभार व्यक्त गरे ।

लचिलो प्रधानमन्त्री, ऊजावान् मेयर : अध्यक्ष प्रधान
बाह्रखरी मिडियाका अध्यक्ष एवं प्रधानसम्पादक प्रतीक प्रधानले प्रधानमन्त्री प्रचण्डलाई आफूले विचारका निम्ति ‘ओपन’का रूपमा चिनेको बताए । “मैले उहाँलाई लचिलो प्रधानमन्त्रीको रूपमा, विचारहरूको लागि ओपन प्रधानमन्त्रीको रूपमा सधैँ देख्ने गरेको छु, एउटा पत्रकारको रूपमा,” उनले भने, “कार्यक्रममा आउनुहुन्छ, उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु ।”

द्वन्द्वकालमा आफू र पत्रकार नारायण वाग्लेले प्रचण्डसित भेट र अन्तर्वार्ता लिएको उनले स्मरण पनि गरे ।

n1-1710595548.jpg
अध्यक्ष प्रधानले पोखरा महानगरले धनराज आचार्यजस्तो ऊजावान् मेयर पाएको भन्दै प्रशंसा गरे ।

उनले सहआयोजक गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत निकाय र विगत पाँच वर्षदेखि गल्फ प्रतियोगिताको मुख्य प्रायोजक रहेको एनसेलसहित प्रायोजकहरूप्रति धन्यवाद व्यक्त गरे ।

b135-1710587876.jpg
पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास
दूरसञ्चार सेवाप्रदायक एनसेलका सीईओ जाब्बोर कायोनोभले यस किसिमका कार्यक्रम र प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सबै क्षेत्रसित सहकार्य गर्दै एनसेलले आफ्ना सेवालाई मजबुत तरिकाले अघि बढाइरहेको उनले बताए ।

एनसेलले सामाजिक कार्यमा सहयोग गर्दै आएको उनले उल्लेख गरे । उनले एनसेलले हरेक वर्ष सरकारलाई ठूलो रकम राजस्व बुझाउँदै आएको स्मरण गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय