site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमास आक्रमणमा ज्यान गुमाउने इजरायली सैनिकको संख्या ४१८ पुग्यो

जेरुसेलम । गाजापट्टीको दक्षिणी क्षेत्रमा बिहीबार भएको दुई फरक आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले शुक्रबार वक्तव्य जारी गरेर यसबारे जानकारी दिएको हो । 

पहिलो आक्रमणमा, हमासका लडाकुहरूले राफाहस्थित एक भवनमा आरपीजी (रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गर्दा २० वर्षीय लडाकु इन्जिनियर सार्जेन्ट यिसाई उरबाचको ज्यान गएको थियो । उक्त भवनमा इजरायली सैनिकहरू तैनाथ थिए । 

सो हमलामा अन्य दुई सैनिक घाइते भएका थिए, तीमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूलाई हेलिकोप्टरमार्फत इजरायलको केन्द्रीय अस्पतालमा लगिएको थियो ।

दोस्रो आक्रमणमा, २१ वर्षीय सार्जेन्ट याम फ्रिड एक ट्यांकमा भएको विस्फोटमा मारिएका थिए । राफाहमै भएको उक्त आक्रमणमा प्रयोग गरिएको आईईडी (विस्फोटक उपकरण) ट्यांकलाई लक्षित गरिएको थियो । ट्यांकमा रहेका दुई अन्य सैनिक गम्भीर घाइते भएका छन् ।

हमासले यी दुवै आक्रमणको जिम्मेवारी लिँदै टेलिग्राममार्फत उनका लडाकुहरूले पूर्वी राफाहस्थित एक घरभित्र १२ इजरायली सैनिकलाई लक्षित गरी दुईवटा आरपीजी प्रहार गरेको जानकारी दिएको छ । 

गाजामा जारी स्थल आक्रमण अभियानका क्रममा हालसम्म ज्यान गुमाएका इजरायली सैनिकको संख्या ४१८ पुगेको छ ।

यसैबीच, इजरायलस्थित अमेरिकी राजदूत माइक हकाबीले शुक्रबार गाजामा मानवीय सहायता वितरण छिट्टै सुरु हुने पुष्टि गरेका छन् । 

जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहायता वितरणमा निजी सुरक्षाकर्मी परिचालित हुने जानकारी दिए । इजरायली सेनाले सुरक्षा व्यवस्थापनको जिम्मा लिने उनले बताए । 

हकाबीले यो अभियान हामासलाई सहायता वितरणमा हस्तक्षेप गर्न नदिनका लागि डिजाइन गरिएको बताए ।रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro