site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेताहरूलाई बुझायो साझा न्यूनतम कार्यक्रम
SkywellSkywell

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम गठबन्धनका शीर्ष नेताहरूलाई बुझाइएको छ । शनिबार बालुवाटारमा कार्यदलका सदस्यहरूले नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएका हुन् ।

सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेता कार्यदलमा छन् । जसमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् ।

Dabur Nepal
NIC Asia

नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल रहेका छन् ।

जनता समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन रहेका छन् । नेकपा (एकीकृत समाजवादी)बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu