राजनीति
काठमाडौं । सरकारले राष्ट्रियसभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक, २०८०’ पेस गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेस गरेका हुन् ।
बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल थालिएको छ । छलफलमा भाग लिँदै नेकपा (एमाले)की सांसद भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताइन् । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १५:३५
प्रतिक्रिया दिनुहोस्