
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले तत्कालीन साढे ३३ किलो सुन तस्करीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन लुकाइएको बताए ।
“देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको छ । साढे ३३ किलो सुन छानबिन समिति ईश्वर पौडेलको अध्यक्षतामा गठन भएको थियो । त्यसको ७५२ पेजको प्रतिवेदनमा सम्पूर्ण कुरा उल्लेख छ । त्यो गायब गरिएको छ । ०७५ मा प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाएको थियो,” उनले भने ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन हराउने काम नगर्न आग्रह गरे । “अहिले पनि ४८५ पेजको प्रतिवेदन आएको छ । यो प्रतिवेदन पनि अत्तो न पत्तो हराउने काम नहोस् । जो दोषी छन् । जो संलग्न छन् । सम्पूर्णमाथि कारबाही होस्,” केसीले भने ।