site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालको लगानी सम्मेलनप्रति ‘स्वीट्जरल्यान्डको निजी क्षेत्र आकर्षित’
Sarbottam CementSarbottam Cement

काठमाडौं । आउँदो वैशाखमा हुने तय लगानी सम्मेलनमा स्वीट्जरल्यान्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् ।

बिहीबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीट्रजरल्यान्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले सो सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्यान्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको उनले जानकारी दिइन् ।

“नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौँ,” उनले भनिन्, “लगानी सम्मेलनमा स्वीट्जरल्यान्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार, आउँदो साता स्वीट्जरल्यान्डबाट ‘वित्तीय विकासका निम्ति संयुक्त मिसन’ नेपाल आउँदै छ । मिसन टोलीले सरकारी अधिकारी र नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।

आउँदो अगस्ट २३ मा स्वीस ग्लोबल इन्टर प्राइजेजका तर्फबाट पनि प्रतिनिधिमण्डल नेपाल आउने तयारीमा रहेको राजदूत डेनिएलले जानकारी दिइन् । उक्त टोलीले नेपालको निजी क्षेत्रसँगको सहकार्यमा आयात–निर्यातसम्बन्धी क्षेत्रमा सहकार्यको चाहना राखेको उनको भनाइ थियो ।

Global Ime bank

आफूहरूसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएको उनले उल्लेख गरिन् । उनले नेपालका विमानस्थल व्यवस्थापनमा आफूहरूको चासो रहेको बताइन् । उनले ‘ट्रेल बेस टुरिजम’ र कोसी प्रदेशका पालिकाहरूमा राजस्व परिचालनसम्बन्धी ‘पाइपलाइन’मा रहेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन आग्रह गरिन् ।

मन्त्री पुनले स्वीट्जरल्यान्ड नेपालको पुरानोमध्येको एक महत्त्वपूर्ण विकास साझेदार रहेको र द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको चर्चा गरे । आउँदा दिनमा समेत सम्बन्ध थप प्रगाढ हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

मन्त्री पुनले पर्वतीय पर्यटन, ऊर्जा र प्रविधिका क्षेत्रमा लगानीका निम्ति स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह गरिदिन राजदूतलाई भने । लगानी सम्मेलनमा उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धताका निम्ति उनले धन्यवाद दिए ।

सरकारले कानुनी र व्यावहारिक रूपमा लगानीको वातावरण बनाउने मात्र नभई त्यसको सुरक्षाको समेत ग्यारेन्टी गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले राजदूतलाई नेपालमा क्रमशः लगानीमैत्री वातावरण बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रेषित गरिदिन आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement