site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खैरो हेरोइन मुद्दामा फरार आरोपित कुवेतबाट पक्राउ
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । लागुऔषध खैरो हेरोइन मुद्दामा फरार एक आरोपित पक्राउ परेका छन् । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको सहयोगमा कुवेतबाट पक्राउ गरी उनलाई नेपाल ल्याइएको हो ।

पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–१२ का २९ वर्षीय वर्षीय रोशन राई छन् । इलामकै २५ वर्षीय विकास बसेलसहित तीनजना खैरो हेरोइन ३७ ग्राम ५०० मिलिग्रामसहित पक्राउ परेका थिए । त्यसबारे अनुसन्धान गर्दै जाँदा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको पुस २५ गते उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरिएको थियो । कुवेतबाट नेपाल ल्याइएका राईमाथि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro