site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ महिनामा साढे चार सयको गयो ज्यान, ७५ अर्बभन्दा बढीको नोक्सानी
SkywellSkywell

काठमाडौं । विपद्का घटनाले २०७२ सालपछि सबैभन्दा ठूलो क्षति यस वर्ष भएको छ । २०८० सुरु भएयताका ११ महिनामा विपद्का घटनामा परी नेपालमा साढे चार सयभन्दा बढीको ज्यान गएको छ भने ७५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० वैशाख १ देखि फागुन ३० गतेसम्मको अवधिमा भूकम्प, बाढी, पहिरो, हाई अल्टिच्युड, हिमपहिरो, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, हुरी बतास, जनावरको आक्रमण, वन डढेलोलगायतका घटनामा उक्त जनधनको क्षति भएको हो ।

बितेको ११ महिनामा विपद्का घटनामा परी ४५६ जनाको मृत्यु भएको छ भने एक हजार ४८४ जना घाइते भएका छन् । विपद्का घटनाले उक्त अवधिमा ७५ अर्ब २५ करोड रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । 

KFC Island Ad
NIC Asia

२०८० कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको मध्यम खालको भूकम्पले मात्र १५४ जनाको ज्यान लिएको थियो । जाजरकोट भूकम्पका कारण संरचना भत्किँदा ३६६ जना घाइते भएका थिए । भूकम्पले १३ जिल्लामा असर गरेको थियो ।

जाजरकोट भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो । यसको एक महिनाअघि बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले पनि ठूलो क्षति गरेको थियो । अघिल्लो वर्ष डोटीको पूर्वी चौकी केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले पनि ठूलो क्षति गरेको थियो । 

Royal Enfield Island Ad

“जाजरकोट, बझाङ र डोटी केन्द्रविन्दु भएर गएका तीनवटा भूकम्पले मात्र ५६ करोड अमेरिकी डलर (७२ अर्ब ८० करोड रुपैयाँ) बराबरको क्षति गरेको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाह्रखरीसँग भने । 

पछिल्लो ११ महिनामा विपद्का घटनामध्ये भूकम्पले सबैभन्दा ठूलो जनधनको क्षति गरेको तथ्यांकले देखाउँछ । २०७२ वैशाख १२ गतेका विनाशकारी भूकम्पले गरेको क्षतिपछि सबैभन्दा ठूलो जनधनको क्षति गत कार्तिक जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले गरेको छ । 

२०७२ वैशाख १२ गत गएका ७.८ म्याग्निच्युडको भूकम्पका कारण संरचना भत्किँदा आठ हजार ९७९ जनाको मृत्यु र २२ हजार ३०० जना घाइते भएका थिए ।

उक्त भूकम्पका कारण पाँच लाख ११ हजार ३९० घर पूर्ण र दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो । भूकम्पले साढे ७ खर्बभन्दा बढीको आर्थिक क्षति गरेको थियो । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा केन्द्रविन्दु भई गएका तीनवटा भूकम्पले ९५ हजार ७८७ घरमा क्षति गरेको छ । 

प्राधिकरणका अनुसार जाजरकोट भूकम्पले ६२ हजार ११, बझाङ भूकम्पले १७ हजार ८९८ र डोटी भूकम्पले १५ हजार ८७८ वटा घरमा क्षति गरेको छ ।

जाजरकोट भूकम्पले २६ हजार ५५७ वटा घरमा पूर्ण र ३५ हजार ४५४ घरमा आंशिक क्षति गरेको छ । बझाङ भूकम्पले तीन हजार १४८ घरमा पूर्ण र १४ हजार ७५० घरमा आंशिक क्षति गरेको छ ।

यस्तै, डोटी भूकम्पले चार हजार ६४२ घरमा पूर्ण र ११ हजार २३६ वटा घरमा आंशिक क्षति गरेको छ । 

प्राधिकरणको तथ्यांकअनुसार, पछिल्लो ११ महिनामा भूकम्पका घटनामा १५४, आगलागीमा ९१, पहिरोमा ४९, चट्याङ लागेर ४०, जनावरको आक्रमणबाट ४०, हाई अल्टिच्युडका कारण १४ जनाको मृत्यु भएको थियो । त्यसरी नै बाढीमा परी १८, डुंगा दुर्घटना हुँदा एक, सर्पले टोकेर २०, भारी वर्षाका कारण दुई, हुरी बतासका कारण दुई, हिमपहिरोमा १२, वन डढेलोमा पाँच र अन्य गैरप्राकृतिक विपद्का घटनामा परी सात जनाको मृत्यु भएको छ । 

२०८० वैशाखदेखि फागुन मसान्तसम्मको अवधिमा देशभर पाँच हजार २८० वटा विभिन्न विपद्का घटना रेकर्ड भएका छन् । विपद्का घटनामा परी उक्त अवधिमा ३१ जना बेपत्ता भएका छन् ।

पछिल्लो ११ महिनामा भूकम्पछि सबैभन्दा ठूलो जनधनको क्षति आगलागीका घटनाले गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ । सो अवधिमा रेकर्ड भएका तीन हजार ३६२ वटा आगलागीका घटनाले दुई अर्ब पाँच करोड ७४ लाख ३० हजार ३१७ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । 

यस वर्ष विपद्का घटनामध्ये पहिरोले पाँच करोड ९३ लाख ४३ हजार २०० रुपैयाँ, बाढीले २५ करोड १३ लाख ८५ हजार ५०० रुपैयाँ, चट्याङले ६३ लाख १६ हजार रुपैयाँ, भारी वर्षाले दुई करोड ७८ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ ।

यस्तै, हुरी बतासले तीन करोड दुई लाख ३१ हजार ४०० रुपैयाँ, जनावरको आक्रमणबाट एक करोड ५० लाख ४८ हजार १०० रुपैयाँ, वन डढेलोले ३२ लाख ९५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro