site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अझै भेटिएनन् निगमलाई एक खर्ब ३५ अर्ब ऋण दिने वित्तीय संस्था
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ऋण दिन अहिलेसम्म कुनै पनि वित्तीय कम्पनीले रुचि देखाएका छैनन् । निगमले एक खर्ब ३५ अर्ब रुपैयाँ ऋण दिने वित्तीय संस्था खोजिरहेको छ ।

निगमले पहिलोपटक २३ जनवरी २०२४ मा सूचना निकालेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऋण दिने संस्थाहरूलाई आह्वान गरेको थियो । तर, उक्त समय अवधिमा कुनै पनि संस्थाले ऋण दिन चासो देखाएनन् । त्यसपछि पुनः मार्च १३ मा दोस्रोपटक सूचना निकालेको छ ।

निगमले निकालेको सूचनाअनुसार ऋण दिन आगामी अप्रिल ११ भित्र आवेदन दिनुपर्नेछ ।

निगमले ऋण किन खोजिरहेको छ ?

निगमले ५५ अर्ब पुरानो ऋण तिर्न, ७५ अर्ब नयाँ जहाज खरिद गर्न र पाँच अर्बको ह्याङ्गर बनाउन योजना अघि सारेको छ । जसका निम्ति उसले एक खर्ब ३५ अर्ब ऋण दिन सक्ने कम्पनीको खोजी निगमले गरिरहेको हो ।

निगम सञ्चालक समितिको बोर्ड बैठकले १० वर्ष योजना बनाउँदै काम गरिरहेको र उक्त योजना कार्यान्वयन गर्न ऋण आवश्यक परेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । एक खर्ब ३५ अर्ब ऋण एकैपटक नभएर १० वर्षभित्रमा लिन खोजेको जानकारी पौडेलले दिए ।

निगमले यसअघि जहाज खरिद गर्दा लागेको ऋण ५५ अर्ब पुगेको छ । प्राप्त ऋणमध्ये ५५ अर्ब ऋण तिर्न प्रयोग गरिने प्रवक्ता पौडेलले बताए ।

१० वर्षमा १२ जहाज खरिद गर्ने योजना

यस्तै, निगमले आगामी १० वर्षमा १२ वटा जहाज खरिद गर्ने योजना बनाएको छ । पौडेलका अनुसार, उक्त योजना कार्यान्वयन गर्न वित्तीय स्रोत सुनिश्चित गर्न निगमले ऋणको आशयपत्र निकालेको हो । 
यस्तै, ह्याङ्गर बनाउन र आय आर्जनका क्षेत्रमा लगानी गर्न स्रोत खोजी गरिहरहेको निगमले जनाएको छ ।

“निगमले १० वर्षे योजना बनाएको छ । त्यही योजना कार्यान्वयन गर्न ऋण चाहिएको हो,” उनले भने, “यसका लागि पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग समन्वय गरेर ऋण आशयपत्र लिकालेका छौँ ।”

निगम दुर्गममा उडान गर्ने तीनवटा साना जहाज खरिदको प्रक्रियामा छ । उक्त जहाज खरिदको विषयमा विवादमा परेको छ । प्रतिनिधिसभाका सांसदहरूले नै जहाज खरिदको विषयमा प्रश्न उठाएका थिए । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल वायुसेवा निगमको ट्विनअटर विमान खरिद प्रक्रियामा १८ करोड रुपैयाँ कमिसन खाने खेल भइरहेको आरोप लगाएका थिए । पछि विषयमा प्रतिकार गर्न खोज्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा परेका थिए ।

सांसद खतिवडाले हाल उत्पादन बन्द हुन लागेको जहाज खरिद गर्न लागेको अरोप लगाएका थिए । 

“‘रिपोर्ट अन क्वालिफाइड’ भनेर समितिले भनिसकेको छ । ३०० डी ल्याइँदै छ, जुन जहाज उत्पादनमा छैनन् । यसलाई ल्याएर झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएका छन्,” उनले भनेका थिए । 

यसअघि ऋण दिएका संस्थाबाहेक कोबाट निगमले ऋण लिँदै छ भन्नेबारे भने केही बताइएको छैन । अर्थ मन्त्रालयका एक उच्च अधिकारीले निगमलाई ऋण दिने संस्था कस्ता रहेछन् हेरेपछि मात्रै सरकारले निर्णय गर्ने बताए ।

अर्थ मन्त्रालयले ऋणका लागि निगमलाई स्वीकृति दिइसकेको छैन । हालभन्दा कम ब्याजमा ऋण दिन सक्ने संस्था हेरेरमात्रै निर्णय गर्ने जानकारी अर्थ मन्त्रालयका ती अधिकारीले दिए ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro