site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले गरे पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

सिंहदरबारमा उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद् सचिवालयमा महासचिवसहितले स्वागत गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पदभारका क्रममा उनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रियसभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय गरेका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले महत्त्पपूर्ण विधेयकलाई अघि बढाउनका लागि सबै दललाई साथमा लिएर अघि बढ्ने बताए ।

त्यस्तै, संविधान कार्यान्वयनका लागि बन्न बाँकी ऐन कानुनहरूको निर्माणलाई पनि गम्भीरताका साथ लिने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्