site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् ।

दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत पाएका थिए । दाहालले सत्ता साझेदार चार दलको साथ पाएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्