site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चीनलाई होइन, हामीलाई जस दिनुस् : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोले नबनेको बताएका छन् । उनले पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको बताए ।

“गठबन्धनमा हुनेहरूको उन्माद थियो । यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने कुरा थियो । खरानीको डल्लो फुट्नुपर्थ्यो,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले सरकार परिवर्तन आफूहरूले नै गराएको बताए । चीनले गराएको भनेर टाढा नपुर्‍याउन उनले आग्रह गरे ।

“यो परिवर्तन हामीले गरेको, गराएको हो । यति जस त हामीलाई दिनुस् । कहाँ चीन पुर्‍याएको यति सानो कामलाई पनि । चीनले बनाइदियो रे, चीन आयो रे, चीन घुस्यो रे ! यस्ता कुरा नगर्नुस् । यत्रो मिहिनेत गरेर बनाइएको छ । यति जस त हामीलाई दिए हुन्छ नि ! कहाँ अर्कालाई दिएको हो ?,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement