site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहमतिपत्रमा माधव नेपालले गरे हस्ताक्षर 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । उनले मंगलबार सातठबुँदे सहमतिमा हस्ताक्षर गरेको एक पदाधिकारीले जानकारी दिए । 

फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सातठबुँदे सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि एकीकृत समाजवादी राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका उमेदवार नारायण दाहालको पक्षमा मतदान गर्न तयार भएका छन् । अहिले राष्ट्रियसभाको अध्यक्षको निर्वाचन भइरहेको छ । 

त्यस्तै, एकीकृत समाजवादीले प्रधानमन्त्रीले भोलि लिने विश्वासको मतमा भोट हाल्न तयार भएको छ ।

*सातबुँदे हुनुपर्नेमा यसअघि आठबुँदे भएकाले सच्याइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro