site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नीतिगत सुधारमा ध्यान दिनेछु : मन्त्री चौधरी
फाइल तस्बिर ।

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताएकी छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा पुगेकी मन्त्री चौधरीले सञ्चारकर्मीसँग कुरा गर्दै नीतिगत सुधारमा ध्यान दिने बताएकी हुन् ।

उनले आफ्नो मन्त्रालय मानव जीवनसँग सम्बन्धित संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको हितका निम्ति नीतिगत परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताइन् । सातै प्रदेशमा वृद्धहरूका लागि वृद्धाश्रम खोल्ने र छोराछोरीले आफ्नो कमाईको ११ प्रतिशत बुबाआमालाई दिनैपर्ने नीति ल्याउने योजनामा रहेको बताइन् ।

Dabur Nepal
NIC Asia

महिला हिंसाका घटनाहरू हेर्नका लागि सबै स्थानीय तह र जिल्लामा छुट्टै महिला विभाग गठन गर्ने बारेमा आफू परामर्शमा रहेको पनि बताइन् ।

उनले भनिन्, "कामको सुरुआत गर्दा नीतिगत परिमार्जनमा मेरो पहिलो कार्यभार अथवा जिम्मेवारी रहनेछ । त्यतातिर ध्यान दिनेछु । मानव संवेदनशील मन्त्रालय भएको हुनाले त्यसको लागि काम कसरी गर्ने ? सातै प्रदेशमा वृद्धहरूको लागि वृद्धाश्रम खोल्ने । आफ्नो छोराछोरीले आफ्नो कमाईको ११ प्रतिशत भाग बुबाआमालाई गर्नुपर्ने भन्ने नीति ल्याउने योजना गरेको छु ।"

मन्त्री चौधरीले वर्तमान सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताइन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro