site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्माण कम्पनीसँग विनोद चौधरीको आग्रह : ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्नुहोस्
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरूसँग आग्रह गरेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै सांसद चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्व नगर्न आग्रह गरेका हुन् । उनले पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा सम्बन्धित निकायहरूसँग छलफल गरेका थिए ।

सांसद चौधरीले नारायणगढ–बुटवल सडकखण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । सो क्षेत्रको काममा ढिलासुस्ती नगर्न निर्माण क्षेत्रलाई आग्रह गरे । जनप्रतिनिधिको हैसियतले सबैभन्दा ठूलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरू तत्काल समयमा नै सम्पन्न भएको बताए । ठूला विकासका जनप्रतिनिधिहरूको परियोजना सम्पन्न गर्नका लागि दोहोरो भूमिका रहेको उनको भनाइ थियो ।

उनले विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको बताए । स्थानीय तह, प्रदेश सरकारसँग निरन्तर समन्वयको काम भइरहेको बताए ।

"के कारणले आयोजनाको काम अपेक्षाकृत हुनसकेको छैन सो विषयमा गम्भीर बन्न जरुरी छ," उनले भने, "जनप्रतिनिधिको तर्फबाट सहजीकरण गर्न तयार छु । अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन ।"

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro