site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटवार्ता आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । भेटमा राजदूत थम्पसनले नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । 

भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

गत शुक्रबार परराष्ट्रमन्त्री श्रेष्ठसँग नेपालका लागि भारतीय र चिनियाँ राजदूतले शिष्टाचार भेटवार्ता गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro