site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उमेदवार छान्न देउवाले बोलाए संसदीय दल कार्यसमितिको बैठक
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले आइतबार (आज) अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् । 

बैठकबाट राष्ट्रियसभा अध्यक्षको उमेदवार टुंगो लगाइने कांग्रेस संसदीय दलको सचिवालयले जानकारी गराएको छ ।

पार्टी संसदीय दलको विधानानुसार संसदीय दलले आफ्नो काम, कर्तव्य र अधिकार सम्पादन गर्न एक कार्यसमिति गठन सक्ने व्यवस्था छ । कार्यसमितिमा दलका नेता, उपनेता, राष्ट्रियसभा संसदीय दलको नेता, मुख्य सचेतक, सचेतक, पार्टीका महामन्त्री पदेन सदस्यसहित अरू पदाधिकारी रहन्छन् । तर, कांग्रेसले हालसम्म संसदीय दल कार्यसमितिलाई पूर्णता दिन सकेको छैन ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro