site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुर्सीका निम्ति गठबन्धन : महतो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरुआत गरेका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग उनले अहिलेको गठबन्धन पनि लुटतन्त्र मच्चाउनका निम्ति भएको आरोप लगाए ।

उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउन मात्र हुँदै आइरहेको टिप्पणी गरे । वर्तमान गठबन्धन पनि कुर्सीकै खेलका निम्ति निर्माण गरिएको उनले बताए ।

बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने उनको भनाइ छ । “...अहिले नेपाल एकल राज्यको रूपमा स्थापित छ । सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरूको देश बनाउनका लागि एकत्रित रूपमा अन्दोलन गर्नु अहिलेको आवश्यकता छ ।”

फरक प्रसंगमा नेता महतोले मधेसकेन्द्रित दलहरूबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादी एकत्रित हुनु आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro