site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुद्दा चलिरहेको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै राष्ट्रिय जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको गृहमन्त्री बनाउने कुरा अस्वाभाविक भएको बताएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा उनले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा विभिन्न नागरिकता, दोहोरो पासपोर्टसहितका विषयमा मुद्दा चलेको व्यक्तिलाई गृहमन्त्रालय दिएकोप्रति आफूहरूको आपत्ति रहेको बताए ।

Dabur Nepal
NIC Asia

"मन्त्रिमण्डल विस्तार गर्ने क्रममा जुन व्यक्तिको उपर अदालतमा मुद्दा चलिरहेको छ । त्यो मुद्दाको किनारा लागेको छैन, नागरिकता, दोहोरो पासपोर्टका सवालहरू छन् । सहकारीमा घोटाला भएका मुद्दाहरू जीवितै छ । स्वयं उही व्यक्तिलाई गृह मन्त्रालय सुम्पिने काम भएको त्यो स्वाभाविकरूपमा स्वीकार्न सकिने कुरा होइन । यसमा हाम्रो पार्टीको आपत्ति छ," उनले भने ।

उनले प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गरेको भन्दै प्रश्न पनि गरे ।

उनले नयाँ सरकारलाई जनताका जल्दाबल्दा समस्याहरू समाधान गर्नका लागि भूमिका खेल्न सुझाव दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro