site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटवार्ता 

काठमाडौं । नेपालमा लागि चिनियाँ राजदूत चेन सोङले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । भेटवार्ता बिहीबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएको भोलिपल्ट चिनियाँ राजदूत उनलाई भेट्न गएका हुन् । 

भेटमा चिनियाँ राजदूतले परराष्ट्र मन्त्रीको जिम्मेवारी पाएकोमा श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत सोङबीचको भेटवार्तामा नेपाल–चीन द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । 

परराष्ट्रमन्त्री श्रेष्ठसँग बिहीबार नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro