site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई लेखकको प्रश्न : धोका पाएका एकैठाउँ उभिए भने कहाँ पुग्नुहोला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोका पाएका एकैठाउँ उभिए भने कहाँ पुग्नुहोला ? भनि प्रश्न गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले नेकपा (एमाले)ले पनि प्रचण्डबाट धोका पाएको दस्ताबेजमा नै उल्लेख गरेको भन्दै त्यस्तो बताएका हुुन् । उनले कांग्रेस–एमाले सहकार्य हुन सक्ने संकेत गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“...हामीमाथि पटक–पटक धोका भएको छ भनेर लेखिएको छ । त्यसलाई कसरी लिनुहुन्छ ?,” उनले भने, “लेख्दा रहेछ न नि पार्टीहरूले । बरु उहाँहरूले भन्नुभयो पटक–पटक धोका भएको छ । म त के निष्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेन तर, एकचोटी सोच्नु सबै धोका पाएका एकदिन एकठाउँमा उभिए तपाईंका विरुद्ध भने कहाँ पुग्नुुहोला ? ख्याल गर्नुहोला, हेक्का राख्नुहोला ।” 

उनले प्रधानमन्त्रीले धर्मको विषय र चुनावमा गठबन्धन गर्ने विषय उठ्दा कांग्रेससँगको गठबन्धन तोडेको भन्दै आफूहरूले निर्णय नगरेको बताए । उनले बैठकमा कुरा उठाउनै पाइँदैन भन्दै प्रश्न पनि गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय