site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एक, दुई मन्त्रीको भागमा सबै कमजोरी फालेर प्रचण्डले राजनीतिक बेइमानी गरे : लेखक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपोलकल्पित ढंगले तथाकथित र रचित कारण देखाएर गठबन्धन भत्काएको आरोप लगाएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रचण्डले आपसी छलफल गरेर समाधान हुने विषयमा पनि छलफल गर्न नचाहेको बताए । आफू उम्कन कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक, दुई मन्त्रीको पोल्टामा आफ्नो कमजोरी फालेर प्रधानमन्त्री प्रचण्ड उम्किएको भनाइ उनको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“कमसेकम आपसमा छलफल गरेर समाधान हुने विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गर्नुभयो । एक, दुई मन्त्रीको भागमा सबै कमजोरी फालेर आफू उम्कने प्रत्यन भयो त्यो आफैँमा अशोभनिय कार्य भयो,” उनले भने, “स–साना मुद्दा उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धन भत्काउने र अविश्वासनीय काम भयो । यो राजनीतिक बेइमानी हो । राजनीतिक रूपमा इमान भएन, त्यसैले बेइमान भयो । यो गठबन्धन भत्काउने काम मूल्य मान्यता र संस्कृति विपरीत भयो ।” 

यसले देशलाई अन्योल र अस्थिरता बनाएको भन्दै लेखकले कांग्रेसले गठबन्धनको पूर्ण पालना गरेको भए पनि पछिल्लो दिन गठबन्धनको प्रतिअविश्वास व्यक्त गर्नेगरी प्रधानमन्त्रीले अविश्वास पैदा गरेको आरोप लगाए । 

Global Ime bank

“पुष्पकमल दाहालले गठबन्धनको मूल्य मान्यता भत्काएर अविश्वसनीय ढंगले गठबन्धन तोड्नुभयो । नेपाली जनतामा गरेको बाचा र विश्वासमा प्रतिघात गर्नुभयो,” उनले भने, “अहिले यसरी गठबन्धन भत्काउने भनेको जनमतको घोर अपमान हो ।” उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिए । उनले आजकै मितिबाट प्रतिपक्षमा बस्न प्रारम्भ गरेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय