site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तारूढ दलकै सांसद भन्छन्– अब काँध फेर्ने छुट प्रधानमन्त्रीलाई छैन 

काठमाडौं । सत्तारूढ दलकै सांसदहरूले सरकार परिवर्तन मात्र सर्वस्व नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले नयाँ गठन भएको मन्त्रिपरिषद्लाई शुभकामना दिएका छन् । 

बैठकमा बोल्दै एमाले सांसद् रद्युजी पन्तले जनताले पात्र मात्र होइन प्रवृत्तिमा पनि परिवर्तन खोजेको उल्लेख गरे । “सरकार फेरिएको सार्थकता त्यसबेला हुन्छ जब कर्णालीको जनताले नुन किन्न लाइनमा बस्नु पर्दैन । जनताले पात्रमा मात्र होइन परिस्थितिमा पनि परिवर्तन खोजेको हो,” उनले भने । 

नेकपा एमालेकै प्रमुख सचेतक महेश वर्तौलाले सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै अब गठबन्धनको नाममा काँध गले पनि फेर्ने छुट नभएको जिकिर गरे । “यो सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । यो सरकारलाई दुब्लाउने कमजोर र असफल हुने छुट छैन । काँध गले पनि काँध फेर्ने छुट छैन । गल्ने छुट छैन,” उनले भने ।

एमालेकै सांसद् भीम आचार्यले देशमा आर्थिक मन्दी छाएको, विकास निर्माणको कार्य तथा सुशासन अघि बढ्न नसकेको बेला सरकारको ध्यान यसतर्फ हुनुपर्नेमा जोड दिए । “विकास निर्माण र पूर्वाधारको काम अघि बढेन सुशासन छैन, शिक्षा भद्रगोल छ । यो सरकारले अविलम्वन देशको आर्थिक संकट समाधान गरोस् गति देओस्,” उनले भने । 

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जनताले निराशा बोकेकाले नयाँ मन्त्रिपरिषद्ले जनतालाई आशा दिलाउनुपर्नेमा जोड दिए । उनले बन्द उद्योग सन्चालनमा ल्याउनुपर्ने धारणा राखे । सांसद मन्जु शर्मा अन्सारीले विश्व जलवायु परिवर्तनको मारमा परेको भन्दै चुरे दोहनको समस्या समाधान गर्नुपर्ने धारणा राखिन् । “देशमा चुरे दोहन भएको छ तत्काल रोक्नुपर्छ, अनुरोध छ । नभए भोलि मधेसको भूभाग सुक्खा क्षेत्र हुन्छ । मधेसमा पानीको तह कम भएको छ । यसरी त मरुभूमि बन्छ । सरकारले सचेत भएर त्यतातिर ध्यान दिओस्,” उनले भने । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद रमा कोइराला पौडेलले म्यारिज खेलको टिमले सरकारमा कटफट गरेको भन्दै व्यंङगसहित बधाई दिइन् । “दश वर्ष द्वन्द्ले देश पछि हटेको छ, ५५ लाख बढी युवा विदेशमा छन् । म बाचुन्जेल जेल उथलपुथल गर्नेछु भनेपछि जनताले बुझेका छन् आगामी सरकारको व्यवहार कस्तो हुन्छ भन्ने स्पष्ट छ,” उनले भनिन् । 

रास्वपा सांसद मनिष झाले नेपाली महिला खेलाडीले पुरुषको तुलनामा धेरै उपलब्धि हासिल गरेको र मेडल ल्याएको भन्दै सरकारले ल्याउने बजेटमा महिला खेलाडीलाई उपेक्षा गरेको भन्दै यसमा न्याय गर्न अनुरोध गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro