site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कुन मन्त्रीको शैक्षिक योग्यता कति ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलसँग मिलेर नयाँ समीकरण बनाएका छन् । नयाँ बनेको सत्ता समीकरणबाट दलहरूबाट प्रतिनिधित्व गर्दै विभागीय मन्त्रीहरूले बुधबार शपथ ग्रहण गरेका छन् । शपथ लिएसँगै मन्त्रीहरूको शैक्षिक अवस्था, राजनीतिक पृष्ठभूमिलगाय विषयमा आम चासो छ । 

नेकपा (माओवादी केन्द्र)बाट प्रधानमन्त्री  ‘प्रचण्ड’सहित ६ जनाले मन्त्रीको रूपमा शपथ लिएका छन् । पार्टीबाट केही दिन अघिसम्म गृह मन्त्रालयको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् । उनी उपप्रधानसहित परराष्ट्रमन्त्री बनेका हुन् । 

श्रेष्ठ हाल राष्ट्रियसभा सदस्य हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उनका विश्वासपात्र तथा पार्टी उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनेका छन् । रोल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद पुन कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन पार्टीबाट भूमिका खेल्ने नेतामा पर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

२०२८ सालमा जन्मिएका उनी माओवादी युद्ध सुरुवात गर्ने नेतामध्ये एक हुन् । पहिलो र दोस्रो संविधानसभा सदस्य बनेका उनले ०७४ र ०७९ को निर्वाचनमा विजयी भएका थिए । यसअघि २०७४ सालमा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका उनले कानुन विषयमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेको उनले उपलब्ध गराएको विवरणमा देखिन्छ । 

ऊर्जा मन्त्रालयमा निरन्तरता पाएका शक्ति बस्नेत माओवादी केन्द्रका उपमहासचिव हुन् । उनी गएको निर्वाचनमा जाजरकोट–१ बाट निर्वाचित भएका सांसद हुन् । २०४२ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय उनी १२ वर्ष भूमिगत भएका थिए । २०६८, ०७२, ०७४ र ०७७ सालमा विभिन्न मन्त्रालय समहालेका अनुभव उनीसँग छ । २०२६ सालमा जन्मिएका उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । 

Global Ime bank

माओवादीबाटै रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेकी छन् । उनी पुरानै गठबन्धनमा पनि यहीँ मन्त्रालयको जिम्मेवारीमा थिइन् । महिला आन्दोलन र प्रशासनिक क्षेत्रमा अनुभव हासिल गरेकी शर्मा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । २०४३ सालबाट राजनीतिमा सक्रिय उनीसँग अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । दोस्रो संविधानसभा सदस्य र ०७४ तथा ०७९ को निर्वाचनमा सांसद बनेकी शर्मा सरकारको प्रवक्ता भएर काम गरिसकेकी छन् । समाजशास्त्रबाट स्नातकोत्तर शर्माको जन्म २०२६ सालमा भएको हो । 

नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । २०३७ सालदेखि राजनीतिमा रहेका उनले २०६६ सालमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको अनभुव छ । संविधान जारी भएपश्चात्को दुवै निर्वाचन नुवाकोटबाट जितेका उनी अन्तरिम व्यवस्थापिका सदस्य समेत रहेका थिए । संघीय संसद् सचिवालयमा उपलब्ध गराएको विवरण अनुसार उनको औपचारिक शिक्षा एसएलसी मात्र हो । 

एमालेका आठ मन्त्री
नेकपा (एमाले) रघुवीर महासेठको नेतृत्वमा सरकारमा गएको छ । उनी दोस्रोपटक उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रूपमा सरकारमा गएका हुन् । 

संघीय संसद् सचिवालयमा उपलब्ध गराएको विवरणअनुसार उनी २०१८ सालमा जन्मिएका हुन् । ६२ वर्षीय महासेठले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । 

२०३३ सालबाट नेकपा (एमाले)को राजनीतिमा रहेका उनीसँग उपप्रधानसहित परराष्ट्र, भौतिक पूर्वाधार मन्त्रालय सम्हालेको अनुभव छ । उनी धनुषा जिल्लाबाट तीनपटक निर्वाचन जितेका छन् । 

२०४७ सालबाट एमालेको भातृ संस्थ अनेरास्ववियुबाट राजनीतिमा होमिएका पदम गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र मानिन्छन् । मानविकी संकायतर्फ स्नातकोत्तर गरेका उनले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

२०३३ सालमा जन्मिएका उनी पर्वत–१ बाट निर्वाचित सांसद हुन् । उनीसँग पूर्वस्वास्थ्यमन्त्री तथा पार्टी प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेको अनुभव छ । 

सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हरिप्रसाद उप्रेतीलाई एमालेले रक्षा मन्त्रालयको जिम्मेवारी दिएको छ । २०२४ सालमा जन्मिएका उप्रेतीले संविधानसभा सदस्य भएर संविधान निर्माणमा काम गरेको अनुभव छ । ५६ वर्षीय सांसद उप्रेती २०३६ सालदेखि राजनीतिमा आवद्ध छन् । 

गएको निर्वाचन सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनले २०७० र २०७४ को निर्वाचनमा भने पराजय भोग्नुपरेको थियो । २०४८ सालबाट कम्युनिष्ट राजनीतिमा सक्रिय उनीसँग ग्रामीण महिला उत्सुकता विकास मञ्चको संस्थापन अध्यक्ष भएर महिलाको क्षेत्रमा काम गरेको अनुभव छ । नेपालमा गरिबीको अवस्था, ग्रामिण अर्थतन्त्र, गरिबी न्यूनीकरणको अचुक अस्त्रलगायत कृति प्रकाशन गरेकी उनको जन्म २०२८ सालमा भएको हो । 

उनले संघीय संसद् सचिवालयलाई उपलब्ध गराएको विवरणअनुसार मानविकी, व्यवस्थापन, समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । 

धनकुटा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राजेन्द्रकुमार राई प्रचण्ड नेतृत्वको सरकारमा खानेपानीमन्त्री बनेका छन् । २०२१ सालमा जन्मिएका उनी १४ वर्षकै उमेरदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका छन् । पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका उनले राष्ट्रिय कफी तथा चिया बोर्डको उपाध्यक्ष बनेर काम गरिसकेका छन् । मानविकी तथा राजनीतशास्त्रमा उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । 

कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् । दोस्रो संविधानसभा सदस्य समेत रहेका उनी २०१७ सालमा जन्मिएका हुन् । २०३४ सालबाट राजनीतिमा रहेका उनले प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । 

५० वर्षीय दामोदर भण्डारी बैतडीबाट निर्वाचित सांसद हुन् । उनले वर्तमान सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । २०४६ सालबाट राजनीतिमा सक्रिय उनले मानविकी विषयमा स्नातक गरेका छन् । 

यस्तै, बारा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद ज्वालाकुमारी शाह कृषिमन्त्री बनेकी छन् । उनले यसअघि २०७७ र २०७९ गरी दुई पटक कृषिमन्त्री भएर काम गरिसकेकी छन् । २०५४ सालबाट राजनीतिमा सक्रिय उनले शिक्षा संकायमा स्नातक तहसम्मको पढाई पूरा गरेकी छन् । 

रास्वपाका चार मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दोस्रोपटक यो पदमा पुगेका हुन् । पूर्वसञ्चारकर्मी समेत रहेका लामिछानेले स्वदेश तथा विदेशका विभिन्न संघ संस्थामा व्यवस्थापनको काम गरेर अनुभव हासिल गरेको संघीय संसद् सचिवालयमा उपलव्ध गराएको विवरणमा उल्लेख छ । 

४८ वर्षीय लामिछानेले प्रमाणपत्र तह अर्थात् प्लसटू सम्मको अध्ययन गरेका छन् । उनले पत्रकारिता विषय अध्ययन गरेको विवरणमा उल्लेख छ । १४ वर्ष अमेरिका बसोबास गरेर नेपाल फर्किएका उनले सञ्चालन गरेको ‘सिधा कुरा जनता’सँग कार्यक्रम एक समय निकै चर्चित बनेको थियो ।  

श्रम मन्त्रालयको जिम्मेवारी दोस्रोपटक सम्हालेका डोलप्रसाद अर्याल २०३१ सालमा जन्मिएका हुन् । उनी हाल ४९ वर्षका भए । धादिङमा जन्मिएका अर्याल पर्यटन र विप्रेषण क्षेत्रमा २० वर्षदेखि कार्यरत रहेको उनले उपलब्ध गराएको विवरणमा देखिन्छ । तर, उनले आफ्नो शैक्षिक योग्यता भने खुलाएका छैनन् । राजनीतिमा आउनुअघि उनी म्यानपावर व्यवसायमा संलग्न थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद हुन् । २०७४ को निर्वाचनमा उनी विवेकशील साझा पार्टीबाट वाग्मती प्रदेशसभा सदस्य बनेका थिए । उनी सामाजिक सांस्कृतिक अभियन्ताका रूपमा पनि चिनिन्छन् । रास्वपा संसदीय दलका उपनेता समेत रहेका उनी ४२ वर्षको भए ।  

संघीय संसद् सचिवालयको रेकर्डअनुसार श्रेष्ठले वाणिज्य÷ व्यापार प्रशासनबाट स्नातक गरेका छन् । यो विवरण उनी आफैँले सचिवालयमा उपलब्ध गराएका हुन् । 

शिक्षा मन्त्रालयको जिम्मेवारी पाएकी सांसद सुमना श्रेष्ठ पार्टीबाट समानुपातिक सांसद हुन् । ३९ वर्षकी श्रेष्ठले व्यवस्थापन विषयबाट स्नातकोत्तर गरेकी छन् । श्रेष्ठले २०७२ को भूकम्पपश्चात् काष्ठमण्डप पुनस्र्थापना, रानीपोखरी पुर्ननिर्माण, भूकम्पमा राहत वितरणदेखि कोभिड अलायन्स बनाउने कार्यमा भूमिका खेलेको उल्लेख छ । उनीसँग वोस्टन कन्सुल्टीङ ग्रुपमा कन्सल्टेन्टको रूपमा काम गरेकोलगायत अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा काम गरेको अनुभव छ । 

नेकपा (एकीकृत समाजवादी)बाट दुईमन्त्री 
बझाङबाट निर्वाचित सांसद हुन् भानुभक्त जोशी । नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भएका सांसद जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाअन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समिति सभापति समेत रहेका जोशीलाई पार्टीले मन्त्री बनाएको छ । 

२०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय उनले लामो समय शिक्षण पेसा अंगालेका थिए । पहिलो संविधानसभा सदस्य रहेका उनले २०६८ सालमै वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । २०१६ सालमा जन्मिएका उनले शिक्षा संकायबाट स्नातक गरेका छन् । 

पार्टीबाटै धनबहादुर बुढा सहरीविकास मन्त्री बनेका छन् । डोल्पाबाट निर्वाचित सांसद बुढाले यसअघि नेकपा (एमाले)को राजनीति गरेका थिए । दोस्रो संविधानसभा सदस्य तथा ०७४ र ०७९ मा डोल्पाबाट निर्वाचन जितेका उनीसँग पर्यटन राज्यमन्त्री भएर काम गरिसकेको अनुभव छ । २०३१ सालमा जन्मिएका उनले औपचारिक शिक्षाअन्तर्गत शिक्षा संकायमा अंग्रेजी विषयमा प्रमाणपत्र तहसम्म्को अध्ययन गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC