site stats
बाह्रखरी :: Baahrakhari
देश
स्कुले विद्यार्थी र युवाका लागि वाग्मतीले ल्यायो ‘करियर गाइडेन्स’ प्लेटफर्म

काठमाडौं । वाग्मती प्रदेशले वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा सुरु गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. डेनियल मेउलीले यसको उद्घाटन गरेका हुन् ।

शिक्षा तालिम केन्द्र धुलिखेलमा बुधबार मार्गनिर्देशन सेवा र यसको डिजिटल प्लेटफर्मको उद्घाटन गरिएको छ । केन्द्रमा सञ्चालन गरिएको वृत्ति मार्गनिर्देशन सेवा कक्षा ८, ९ र १० का विद्यार्थीसहित युवालाई व्यक्तिगत र सामूहिक परामर्शमार्फत प्रदान गरिनेछ ।

वृत्ति मार्ग निर्देशन सेवाबाट पेसाको बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न, पेसा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्धत गर्ने अपेक्षा गरिएको छ । यस विषयमा वृत्ति मार्गनिर्देशन सहजकर्ता र मनोविज्ञानमा ज्ञान भएको परामर्शकर्ताबाट सेवा दिइने छ । करियर गाइडेन्सको डिजिटल प्लेटफर्म प्रदेश मन्त्रालयको वेबसाइटमा छ ।

प्लेटफर्ममा योग्यता परीक्षण गरी रुची, खुबी र श्रम बजारको मागको आधारमा सम्भावित वृत्ति मार्गहरू पहिचान गरिनेछ ।
मन्त्री मोक्तानले दक्ष र समर्पित व्यक्तिको विकासमा वृत्ति मार्गनिर्देर्शन महत्त्वपूर्ण रहेको बताइन् ।

Global Ime bank

नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत मेउलीले स्विट्जरल्याण्डले शिक्षा, नवप्रवर्तन र युवा सशक्तिकरणमा गहिरो प्रतिबद्धता गरेको बताए । स्वीजरल्यान्डको वृत्ति मार्गनिर्देशन केन्द्र बिज बर्नकी प्रबन्धक भेरा रेन्ट्सले स्विस शिक्षा प्रणाली र कानुनमा वृत्ति मार्गनिर्देशन कसरी समावेश गरिएको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu