site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
फेसबुक अवरुद्धबारे के भन्छ मेटा ?

काठमाडौं । मेटाले फेसबुकसहित समाजिक सञ्जालमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । मंगलबार राति अचानक फेसबुक, मेसेन्जर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा समस्या देखिएको थियो ।

न्युयोर्क टाइम्सका अनुसार फेसबुकमा करिब दुई घण्टा समस्या देखिएको थियो । विश्वभरका प्रयोगकर्ताको गुनासोपछि मेटाले फेसबुकसहितका प्लेटफर्ममा देखिएको प्राविधिक समस्याको समाधान गरिएको बताएको छ ।

मेटाका प्रवक्ता यान्डी स्टोनले एक्समा भनेका छन्, "आज केहीबेर प्राविधिक समस्याका कारण हाम्रा केही सेवामा प्रयोगकर्ताहरूले पहुँच पाउन सकेका थिएनन् । हामीले जतिसक्तो चाँडो समस्याको समाधान गरिसकेका छौँ । पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।"

उनले प्राविधिक समस्या के कारण देखियो भन्नेबारे खुलाएका छन् ।

अहिले धेरै प्रयोकर्ताहरूको फेसबुक खुलिसकेको छ । तर, केही प्रयोगकर्ताहरूले अझै आफूहरूले समस्या भोगिरहेको गुनासो गरेका छन् 

Global Ime bank

नेपाली समयअनुसार राति ९ बजेतिर फेसबुकमा अचानक समस्या देखिएको थियो । त्यसपछि विश्वभरका लाखौँ प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा फेसबुक अवरुद्ध भएको गुनासो गरेका थिए ।

कतिपयले ह्वाट्सएप र थ्रेडमा समेत समस्या भोगिरहेको गुनासो गरेका थिए । यी दुवै मेटाबाट सञ्चालित छन् ।

मेटाले आफ्ना एपहरूमा प्रत्येक महिना करिब चार अर्ब प्रयोगर्कताका लागि होस्ट गर्छ ।

फेसबुकले काम गर्न छाडेपछि अधिकांश प्रयोगकर्ताहरू ट्विटरतर्फ लागेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ००:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu