site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपराध अनुसन्धानमा पोलिग्राफ, पाँच हजार ४१७ जनाको परीक्षण

काठमाडौं । नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म पाँच हजार ४१७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । १० वर्षको अवधिमा जम्मा दुई हजार ७७८ मुद्दाका पोलिग्राफ परीक्षण गरिएको हो ।

तीमध्ये आर्थिक वर्ष २०७०/०७१ मा २२५ जना, आ.व.२०७१/०७२ मा ४६८ जना, आ.व. २०७२/०७३ मा ३९१ जना, आ.व. २०७३/०७४ मा ५४३ जना, आ.व. २०७४/०७५ मा ५८५ जनाको पोलिग्राफ परीक्षण गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७/०७६ मा ५८८ जना, आ.व. २०७६/०७७ मा ८५९ जना, आ.व. २०७७/०७८ मा ६०५ जना, आ.व.  २०७८/०७९ मा ३८१ जना, आ.व. २०७९/०८० मा ४८२ जना र चालु आर्थिक वर्षमा २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ ।

Dabur Nepal
NIC Asia

परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका २४१ जना, पूर्वप्रहरी कर्मचारी ६ जना, नेपाली सेनाका ४० जना, राष्ट्रिय अनुसन्धान विभागका पाँचजना र सशस्त्र प्रहरी बलका २९ जना गरी जम्मा ३२१ जना रहेका छन् ।  

व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ हो । यसलाई वैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधिविज्ञानको सबैभन्दा पुरानो प्रविधि हो । नेपाल प्रहरीमा २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागु भएपश्चात विधिवत पोलिग्राफ परीक्षण थालनी भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, “पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धानलगायत अन्य विभिन्न अनुसन्धानहरूमा महत्त्वपूर्ण टेवा पुगेको छ । हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणहरूले अनुसन्धानलाई निर्देशित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्यांले देखाएको छ । यसलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणहरूको प्रयोगलाई विशेष ध्यान दिने गरिएको छ ।”    

पोलिग्राफ प्रि–टेष्ट, टेष्ट र पोष्ट टेष्ट गरी तीन चरणमा परीक्षण गरिन्छ । पोलिग्राफ परीक्षण सञ्चालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ । शंकित व्यक्तिले झुठ बोले/नबोलेको परीक्षणले संकेत गर्दछ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा १४३ वटा मुद्दाका २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ । तीमध्ये २६३ पुरूष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको संकेत १०६ जना, झुठ नबोलेको संकेत १७० जना, राय दिन नसकेको अवस्था दुईजना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणको लागि अपर्याप्त संकेत एकजनामा देखिएको छ ।  

घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्ति वा शंकित वा पीडित वा साक्षीहरूले बोलेको कुराहरूको सत्यता परीक्षण गर्नको लागि पोलिग्राफको प्रयोग गरिन्छ । पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणहरूको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुराहरू पहिचान गर्न सकिन्छ ।

हाल केन्द्रीय पोलिग्राफ मातहत रही अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत सात वटै प्रदेश प्रहरी कार्यालयहरूमा पोलिग्राफ परीक्षण हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro