राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक सचिवालय बैठक आह्वान गरेको छ । पार्टी सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले दिउँसो ३ बजे बैठक बोलाइएको बताए ।
सत्ता गठबन्धन परिवर्तन भएपछिको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । “हामी अहिलेसम्म नयाँ गठबन्धनमा छैनौँ । विकसित घटनाक्रमबारे छलफल गर्न आस्कमिक बैठक बस्दैछौँ,” उनले भने ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १०:४६
प्रतिक्रिया दिनुहोस्